तीन महिने गर्भवती थिइन रसियन सुन्दरी, मृत्युअघि खिचेका ती अन्तिम तस्विरहरु (फोटोफिचर)

तीन महिने गर्भवती थिइन रसियन सुन्दरी, मृत्युअघि खिचेका ती अन्तिम तस्वीरहरु । केही दिन अगाडी पोखरामा भएको यति एयरलाइन्सको विमानमा सवार १५ विदेशी नागरिकमध्ये एलेना बान्दुरो नाम गरेकी महिला अघिल्लो दिन मात्र नेपाल आइपुगेको खुलेको छ । पासपोर्ट नम्बर ७६४८१२८८७ भएकी ती महिलाले सामाजिक सञ्जालमा एक स्टोरी पोष्ट गर्दै नेपाल आइपुगेको जानकारी दिएकी थिइन् ।

जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना हुन पुगेको देखिन्छ।जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ। दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ।बस्तीमा जहाज खसेको भए झन् ठूलो धनजनको क्षति हुने थियो।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार थिए । तीमध्ये २५ महिला, ३७ पुरुष तीन बालक र तीन शिशु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रशियन, दुई कोरियन, आयरल्याण्ड, अस्ट्रेलियन, अर्जेन्टनी, फ्रान्सेली एक एक जना नागरिक सवार थिए ।

विमानमा चार जना अन्य रसियन नागरिक सवार थिए तीमध्ये दुई महिला र दुई पुरुष हुन् । नागरिक उड्डयन प्राधिकरणले काठमाडौंबाट १०: ३२ बजे पोखराको लागि उडेको यति एयरको विमान १०:५० बजे सेती खोज भन्ने स्थानमा अन्तिम पटक सम्पर्कमा आएको र त्यसको केही मिनेटमै दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस